जी–२० शिखर सम्मेलन आज शुरु हुँदै

युरोपेली संघसहित ठूलो अर्थतन्त्र भएका १९ देशको अन्तर–सरकारी मञ्च जी–२० शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीमा शुरु हुँदैछ ।

सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार नै दिल्ली पुगिसकेका छन्। बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोसहितका नेताहरु पनि नयाँ दिल्ली पुगेका छन् । यो सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने भएका छन्।

सम्मेलनमा जलवायु परिवर्तन, रुस–युक्रेन युद्ध, विश्व आर्थिक मन्दी, दिगो विकास, रोजगारी सिर्जना लगायतका विभिन्न विषयमा छलफल गर्ने तयारी छ । जी–२० शिखर सम्मेलनका लागि दिल्लीमा झण्डै एक महिनादेखि मञ्च निर्माण, सुरक्षा व्यवस्थापन, सरसफाइलगायत काम भइरहेका छन् ।

विभिन्न देशबाट आउने राष्ट्र प्रमुखको भव्य स्वागतको तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै सुरक्षा व्यवस्था कडा पारिएको छ भने पाहुनालाई भारतको मौलिक तथा साँस्कृतिक कार्यक्रम र खानपानमा सहभागी गराउने तयारी छ । दुई दिन चल्ने बैठकमा १५३ वटा छुट्टाछुट्टै बैठक तथा वार्ता हुनेछन् ।





error: Content is protected !!