केही सिडिओसहित गृहका १० उपसचिवको सरुवा , पन्तलाई मुस्ताङ , बराललाई ओखलढुङ्गा प्रजिअ

काठमाडौँ ः गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० जना उपसचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयले शुक्रवार मातहतका सिडिओसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारी बनाई पठाएको छ । यसै गरी त्यहाँकी प्रजिअ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय भोजपुरको सप्रजिअमा सरुवा गर्दै गृहमा काजमा ल्याइएको छ । यसै गरी धनकुटाका सप्रजिअ अञ्जन न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय डडेलधुराको प्रजिअ, इलाका प्रहरी कार्यालय सिमराका जनकराज पन्तलाई मुस्ताङको प्रजिअ, पर्साका सप्रजिअ भिमकान्त पौडेललाई बाजुराको प्रजिअ र जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रजिअ विश्वराज न्यौपानेलाई जिल्ला प्रशासन पाँचथरको सप्रजिअमा सरुवा गर्दै गृहमा काज गरिएको छ ।

त्यस्तै उपसचिव ज्ञाननाथ ढकाललाई इलाका प्रशासन फर्पिङमा पदस्थापन गरिएको छ भने इलाका प्रशासन चन्द्रनिगाहपुरका सप्रजिअ झरेन्द्र प्रसाद चापागाईँलाई जिल्ला प्रशासन मकवानपुरको सहायक प्रजिअ, मकवानपुरका सप्रजिअ नेत्र प्रसाद शर्मालाई इलाका चन्द्रनिगाहपुर र मुस्ताङका प्रजिअ अनुप के।सी।लाई सप्रजिअ रौतहटमा सरुवा गरिएको छ ।





error: Content is protected !!