नलगाड नगरपालिका भित्रका स्वास्थ्य संस्था ः कसले कति अंक ल्याए ?

जाजरकोट ः सेवा प्रवाह देखि अन्य सूचकका आधारमा गरिएको आन्तरिक मुल्यांकनले नलगाड नगरपालिका भित्रको प्राथमिक अस्पताल दल्ली पहिलो भएको छ । दल्लीले ९४.३ अंक ल्याएर पहिलो भएको छ ।
त्यस्तै दोस्रोमा स्वास्थ्य संस्थाको चौकी लहँ ८४.४ अंक ल्याएर दोस्रो भएको छ । त्यस्तै स्वास्थ्य चौकी कैनाले ८३.७ अंक ल्याएर तेस्रो भएको छ । भगवती ,रग्दा डाडागाउँ सुधार उन्मुख रहेको देखिएको छ । त्यस्तै आधारभुत तथा सामुदायिक स्वास्थ्य केन्द्रको मुल्यांकनको आधारमा आधारभुत स्वास्थ्य सेवा केन्द्र अनाह पहिलो , सामुदायिक स्वास्थ्य केन्द्र कटके दोस्रो ,सामुदायिक स्वास्थ्य केन्द्र सिउने तेस्रो भएका छन् ।



