पूर्णिमामा धामी नाच

हुम्ला ः हुम्लाको सिमकोट गाउँपालिका–५ को बाडपाल देवताको माडुमा धामीहरू नाचेर साउने पूर्णिमा मनाइएको छ । वर्षौं वर्षदेखि यो पर्व यसरी नै मनाउने गरिएको हो ।

कालासिल्ता, मस्टो, हिल्सा, बाडपाल, घण्टपाललगायतका देवताका धामी आआफ्नो पालो अनुसार नाच्ने गर्दै गर्नुहुन्छ । यसका लागि दर्शालुहरू समेत यो वर्ष धेरै आएको स्थानीय तीर्थराज रोकायाले बताउनुभयो । एकादशीदेखि नै एक छाक मात्र खाएर व्रत बस्दै आउनुभएका धामीहरू नाचेर यो पर्व मनाउने गरिन्छ । यसलाई विशेष पर्व मानिएकाले जिल्लाभित्रका र जिल्लाबाहिर रहँदै आएकाहरू  आआफ्नो घर पुग्ने गर्छन् ।





error: Content is protected !!