पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, ग्यासको मूल्य एकैचोटि २३५ बढ्यो

काठमाडौँ ः नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
निगमका अनुसार मूल्यवृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ पर्ने भएको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य १७० पर्नेछ ।
निगमले ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको छ । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ पुगेको छ।
भारतीय आलय कर्पोरेसनले मूल्य बढाएर पठाएसँगै स्वचालित मूल्य प्रणालीअनुसार निगमले पनि मूल्य वृद्धि गरेको हो ।



