बिस्फोट नभएका अमेरिकी हतियारले अझै लिँदै छ अफगानी नागरिकको ज्यान

५४ वर्षीय खुदाइ रहिम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन्। उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स (युएक्सओ) को बिस्फोटमा दुई छोराहरु गुमाएका थिए।

साथै उनको अर्को छोरा २०२२ मा भएको माइन बिस्फोटमा गम्भीर घाइते भए। उनका तेस्रो छोराले सन् २०२२ मा खेलौना सोचेर बिस्फोटक पदार्थसँग खेलिरहेका थिए। सो क्रममा उनी बिस्फोटमा परी घाइते भए। उनको पेटमा गहिरो चोट छ।

अमेरिकी नेतृत्व गर्ने सैनिक टोलीमा रहेका अन्तिम व्यक्तिले २० वर्ष सैन्य कब्जापछि अगस्ट २०२१ को अन्तिममा अफगानिस्तान छोडेका थिए। तर अमेरिकी सेनाबाट बाँकी रहेको युएक्सओ ले वर्षौंदेखि आफगानी जनताको ज्यान लिइरहेको छ।रहिमका अनुसार उनले छोराको उपचारका लागि ३ लाख ७५ हजार अफगानी रकम ९४५ सय अमेरिकी डलर० खर्च गरेका थिए। अमेरिकी सेनाले ४ वर्षअघि रिग्रेसन गाउँमा बमबारी गरेको थियो।

रिग्रेसन गाउँका १७ वर्षीय समिउल्लाह अमेरिकी सेनाले छोडेको युएक्सओले अफगानिस्तानको जीवनलाई खतरामा पार्ने भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ। आफ्नो भाइ १५ वर्षको भएको बेलामा डेढ महिनाअघि भएको बिस्फोटमा परी मारिएको बतउनु भयो। अमेरिकीहरुले छोडेको बमले बालबालिका र युवाहरुको ज्यान लिइरहेको उनी बताउँछन्।

त्यस्तै डर छ, पीडित ३३ वर्षीय मोम्मद इब्राहिमलाई। युएक्सओका पीडित उनी बमले आफूलाई सधैँका लागि शारीरिक अशक्त बनाएको बताउँछन्। करिब पाँच वर्ष पहिला भएको बम बिस्फोटमा आफ्नो हात गुमाउनु परेको बताए।

उनले अहिलेसम्म कुनै पनि क्षतिपूर्ति पाएका छैनन्। ब्राउन युनिभर्सिटी अन्तर्गतको कस्ट्स अफ वार परियोजनाको रिपोर्टअनुसार अफगानिस्तानको भूमि बिस्फोट नगरिएका हतियारयुक्त छ। जसले दशौँ हजार अफगानी बालबालिकाहरु, युवाहरु मारिएका र घाइते अवस्थामा छन्।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सन् २०२२ को जनवरीदेखि जुन २०२३ सम्म अफगानिस्तानमा बारुदी सुरुङ र बिस्फोटक पदार्थका अवशेषहरु समावेश भएका ५४१ घटनामा ६४० बालबालिको मृत्यु भएको र धेरैजना घाइते भएको जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!