रुसको पस्कोभस्थित विमानस्थलमा ड्रोन आक्रमण

रुसको पश्चिमोत्तर शहर पस्कोभमा रहेको एउटा विमानस्थलमा ड्रोन आक्रमण भएको छ। लाट्भिया र इस्टोनियाको सीमा क्षेत्र नजिक भएको आक्रमणमा दुईवटा सैन्य विमानमा क्षति पुगेको रुसी समाचार एजेन्सीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
आक्रमणस्थलमा के कति क्षति भयो त्यसको एकिन हुन नसकेको क्षेत्रीय गभर्नर मिखाइल भेडेर्निकोभले बताएका छन्। यसअघि भएका आक्रमण निस्तेज पार्दै आएको रुसी सेनाले यो आक्रमणलाई भने रोक्न नसकेको समाचारमा उल्लेख छ।
पछिल्लो आक्रमणबारे युक्रेन भने मौन छ। पछिल्लो पटक रुसमा युक्रेनले लगातार आक्रमण गरे पनि कुनै प्रतिक्रिया जनाएको छैन। अमेरिका लगायतका देशले सैन्य सामग्री सहयोगमा थप सहयोग गर्दै गएपछि हौसिएको युक्रेनले रुसमा आक्रमण बढाएको हो।










