लागूऔषधसहित दुई युवक पक्राउ

वीरेन्द्रनगर — सुर्खेतमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका – ४ का २७ वर्षीय मोहन शाही र जुम्लाको चन्दननाथ नगरपालिका ( ५ का २८ वर्षीय युवराज अधिकारी छन् ।

शाहीलाई पञ्चपुरी नगरपालिका-४ बराइचेबाट इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको ७ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

लागूऔषध कारोबार भइरहेको अवस्थामा प्रहरीले नापतौल गर्दा शुद्ध तौल १८० मिलिग्राम रहेको लागूऔषध सहित शाहीलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

यस्तै अधिकारीलाई भेरीगंगा नगरपालिका(५ बबई चेकपोस्टस्थित चेकिङमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ८ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश पदेश ०२००१ ख ०१०२ नम्बरको फोर्स गाडीलाई जाँच गर्दा अधिकारीले कम्मरमा बाँधेको मनी पर्सभित्र लुकाएर राखेको ३ पोका नापतौल गर्दा शुद्ध ११ ग्राम ७७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमा राखेर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।





error: Content is protected !!