जाजरकोटलाई विद्युतीकरण गर्न तीन अर्बको नयाँ ठेक्का

हेमन्त केसी
सुर्खेत , ९ भदौ ः जाजरकोटलाई विद्युतीकरण गर्नका लागि ३ अर्बको ठेक्का गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगाएतका ठाउँमा नयाँ सव स्टेशन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का खोलिएको हो । भेरी नगरपालिकाको कुदुमा नयाँ सव स्टेशन निर्माण भइसकेको छ । त्यस्तै पुर्वी जाजरकोट सहित तल्लो डोल्पा सम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सव स्टेशन निर्माण कार्य जारी रहेको छ । बारेकोट , कुशे गाउँपालिकामा विद्युतकरण गर्नका लागि समाइला सव स्टेशन निर्माण गर्न ठेक्का खोलि कामको सुुरुवात हुने तरखरमा रहेको छ ।

त्यस्तै पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सव स्टेशनबाट काम हुने भएको छ । नेपाल विद्युत प्राद्यिकरण जाजरकोटका प्रमुख अभिषेकराज कलवारले चौखाको सव स्टेशन ६ महिना भित्र पुरा हुने बताएका छन् । काम गर्ने जनशक्ति कम भएका कारण आफू समस्यमा परेको उनले बताए ।

कुदु सव स्टेशनबाट रुकुम पश्चिम ,जाजरकोट र सल्यानमा प्रशारण लाइन लिइएको छ । ३३ केभी प्रशारण लाइन यि तीन जिल्लामा पुरयाएको हो । चौखाको सव स्टेशन निर्माण पछि मात्र ताक्सुगाड जलविद्युत आयोजनाको कामसँगै डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणमा समेत सघाउ पुग्ने छ । १३२ केभी प्रशारण लाइन कोहलपुरबाट सिधै सुर्खेतको मैनतडामा ८ महिना भित्र पुग्ने लक्ष्य राखिएको छ ।

अहिले चालु अवस्थामा रहेको ३२ केभी प्रशारण लाइन १३२ केभी प्रशारण लाइन विस्थापित हुने छ । १३२ केभी प्रशारण लाइनलाई जाजरकोट सम्म ल्याएमा मात्र विद्युत सेवा दिगो हुने अपेक्षा गरिएको छ । यत्ता ४०० केभी प्रशारण लाइनको लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडा सम्म प्रशारण तथा सव स्टेशनको काम समेत यसै आर्थिक वर्षमा गर्ने बताएको छ । १३२ केभी प्रशारण लाइन र ४०० केभी प्रशारण लाइन मैनतडामै जडान हुने प्राद्यिकरणको भनाई छ ।

जाजरकोटकै उर्जामन्त्री शक्तिबहादुर बस्नेत भएकाले पनि जिल्लालाई छिटो भन्दा भन्दा विद्युतीकरण गर्न दबाब परेको छ । जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्नका लागि कुनै पनि सामग्रीको अभाव नभएको कार्यालयले जनाएको छ । जिल्ला भरी झण्डै ३० प्रतिशत विद्युतीकरण भएको छ । निर्माण व्यवसायीले लिएका ठेक्काका कामहरु समयमा नगर्दा थप विद्युतीकरणमा समस्य भएको छ ।

दलका नेताहरुले लिएको ठेक्काको काम नगर्दा जिल्लाको विद्युतीकरणमा समस्य भएको हो । जती पटक ताकेता गरेपनि काम नगरेपछि आफू हैरान भएको कार्यालय प्रमुख कलुवारले बताए । नेपाली कांग्रेसका नेता तेजविक्रम शाह, शान्तबहादुर बस्नेतले ठेक्काको काम नगर्दा आफू समस्यमा परेको उनले बताए ।

बारेकोटको विद्युतीकरणमा शाह र जुनिचाँदेको विद्युतीकरणमा बस्नेतले काम नगर्दा आफूहरु कामको परिणाम निकाल्न नसकेको उनले बताए । उत्ता उर्जामन्त्री शक्तिबहादुर बस्नेतले दुइ वर्ष भित्र कर्णाली भरी विद्युतीकरण गर्ने दाबी गरेका छन् ।

                                                                                                                                    84417EF5-FF5A-435B-9FD5-361768FAFAD8

https://nepalpostkhabar.com/wp-content/uploads/2023/08/84417EF5-FF5A-435B-9FD5-361768FAFAD8.mov





error: Content is protected !!