कालीकोटमा एचआइभि सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै

कालीकोट ः पछिल्लो समय कालीकोटमा एचआइभि सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । कर्णाली प्लस कालीकोटले आयोजना गरेको सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै एआरटि काउन्सिलर ईश्वर शाहीका अनुसार २०६५ सालदेखि एचआइभि सम्बन्धि काम गर्दै आइरहेको कर्णाली प्लस २०८० सम्मको तथ्याङ्क अनुसार कालीकोटमा ६५ जनाले एआरटि सेवा लिइरहेका छन् । जसमा २९ जना महिला, तिन बालीका, एक बालक र ३२ जना पुरुष रहेका छन् । सङ्क्रमितमध्ये रोजगारीका लागि विदेशिने र सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू बढि देखिएको शाहीले बताउनुभयो ।

कालीकोटमा एचआईभिबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला, एक बच्चा र तीन जना पुरुष रहेका छन् । एचआइभि सङ्क्रमण सम्बन्धी जनचेतना मुलक कार्यक्रमका लागि खाँडाचक्र नगरपालीका प्रत्येक वडाले २०/२० हजार सहयोग गर्ने वडा अध्यक्षहरुले प्रतिवद्धता जनाएका छन् । कर्णाली प्लस कालीकोटका अध्यक्ष कालीबहादुर शाहीका अनुसार नगरपालीका भित्रका प्रत्येक स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्रमा महिनाको एक दिन स्वास्थ्यकर्मीमार्फत एचआइभि एड्स सम्बन्धी स्वास्थ्य शिक्षा सञ्चालन गर्ने निणर्य समेत गरीएको जानकारी दिनु भयो ।

एचआइभि सङ्क्रमित ९परिवर्तित नाम २०० ले आफुहरुलाई समाजमा खुलेर हिँड्न सक्ने वातावरण बनाई दिन सवैमा अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित हो भनि थाहा पाउँदा साथिभाई, घररिवार, समाजबाट टाढा हँदा कत्ति दिन त भोकै बस्नु परेको गुनासो गर्नुभयो” ।

कर्णाली प्लस कालीकोटका टिम लिडर दिपबहादुर शाहीले एचआइभि सङ्क्रमितलाई गलत दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो । सङ्क्रमितहरुलाई हतोत्साहित नहुन अनुरोध गर्दै उहाँले आफु हरपलसाथ सहयोगका लागि तत्पर रहेको बताउनुभयो । उहाँले सकरात्मक सोच र दृढ आत्मवलका साथ अघि बढ्न सङ्क्रमितिहरुलाई आग्रह गर्नुभयो ।

नेपालमा पहिलो एचआइभी सङ्क्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । सरकारले सन् २०३० सम्म एड्स महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआइभी सङ्क्रमण, शून्य एड्ससम्बन्धी मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभाव अन्त्य गर्ने लक्ष्य राखेकोे छ । सरकारी तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या घटेपनि उपचार सेवा लिनेको सङ्ख्यामा भने कमी आएको छैन । सरकारले आगामी सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य राखी कार्ययोजना अगाडि बढाएको हो ।

सन् २०३० सम्मका लागि ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरुले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको एआरभी औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुनेछ । एचआइभीको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीहरू समेत एचआइभीको उच्च जोखिममा रहेका छन् । एचआइभी सङ्क्रमितहरूलाई नेपाल सरकारले निःशुल्क औषधि उपलब्ध गराइरहेको छ ।





error: Content is protected !!