स्पेनमा खडेरी ः खाद्य उत्पादन ६० प्रतिशतले घट्ने विज्ञको चेतावनी

स्पेन ः स्पेनमा खडेरीका कारण खाद्यान्न उत्पादनमा सङ्कट आउने भन्दै आवश्यक प्रबन्ध मिलाउन विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

खडेरीका कारण ६० प्रतिशतसम्म खाद्यान्न उत्पादनमा ह्रास आउनसक्ने विशेषज्ञहरुको चेतावनी छ । यस वर्ष समग्र उत्पादनको ४० देखि ४२ प्रतिशत मात्रै उत्पादन हुने विशेषज्ञहरुको अनुमान छ ।

सन् १९६० को दशकपछि स्पेनमा पहिलो पटक यति लामो समयसम्म खडेरी परेको हो । क्याटेलोनिया र दक्षिणी स्पेनको अण्डालुसिया सबैभन्दा धेरै प्रभावित बनेको छ । खडेरीका कारण युरोपियन देशहरुमा जलायशसमेत सुक्दै जान थालेको मेड्रिड शहरका किसान तथा पशुपालक सङ्घका प्रतिनिधि जेवियर एलेजान्द्रेले बताउनुभयो ।

आगामी वर्षमा पनि यही समस्या दोहोरिन सक्ने भन्दै विज्ञहरुले बेलैमा खाद्यान्नको जोहो र जल सञ्चित गर्न आग्रह गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!