घाँस काट्दा लडेर महिलाको निधन

कालिकोट ः कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर निधन भएको छ । घाँस काट्ने क्रममा वडा नं ५ की ३५ वर्षीया पशु सहकारीको भीरबाट लडेर निधन भएको हो ।
स्थानीय वड्डा भीरमा घाँस काट्ने क्रममा लडेर उनको निधन भएको स्थानीय शिक्षक मानबहादुर सहकारीले बताउनुभयो । मृतक सहकारीका दुई नाबालक बच्चा छन् ।










