शिक्षा विधेयकको विरोध गर्दै धर्नामा शिक्षकहरू

सुर्खेत ः सङ्घीय शिक्षा विधेयकको विरोध गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएको छ ।

‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ नाराका साथ प्रदेशस्तरीय विरोध कार्यक्रम अन्तर्गत महासङ्घले मन्त्रालयमा धर्ना दिएको हो । विभिन्न दल निकट शिक्षकका सङ्घ सङ्गठनले संयुक्त रूपमा सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका हुन् ।

सरकारले प्रस्तावित सङ्घीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान राखेकाले कर्णाली प्रदेशभरिका शिक्षक आन्दोलित भएको नेपाल शिक्षक महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष देवेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रस्तावित शिक्षा विधेयकमा भएको शिक्षक तथा कर्मचारीको हित विपरीतका व्यवस्थाहरू सरकारले सुधार नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि शिक्षकहरूले दिएका छन् । अधिकारीले नेपाल शिक्षक महासङ्घको केन्द्रीय समितिले राखेका मागहरू सम्बोधन गर्न सरकारलाई दबाब दिन धर्ना बसेको जानकारी दिनुभयो । गोरखापत्र




सम्बन्धित समाचार


error: Content is protected !!