तस्करीको सुन गालेपछि ६० किलो ७१६ ग्राम

काठमाडौँ — तस्करी गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम भेटिएको छ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबार गालिएपछिको तौल ६० किलो ७१६ ग्राम भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार गालेर वास्तविक तौल निकालेको हो । तौल सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महाशाखाका अधिकारीले उक्त जानकारी दिएका हुन् ।

गालेपछि सुनका ३४ बिस्कुट बनेको महाशाखाका अधिकारीले जानकारी दिए । सुनको गुणस्तर कति हो भन्नेबारे ३ देखि ७ दिनसम्ममा पत्ता लाग्ने बताइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!