स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट सुत्केरीको उद्धार

हुम्ला ः स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। खार्पुनाथ– ५ का दिफकली सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो।
उहाँलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको जानकारी दिनुभयो। उहाँलाई सामान्य सुत्केरी हुन नसकेपछि साउन १६ गते भ्याक्युम डेलिभरी गरिएको थियो।
शरीरमा रगतको कमी हुनुको साथै सार्कीको दुवै मिर्गौलामा सङ्क्रमण देखिएको थियो। जटिल बिरामी भएको कारण रिफर गरेको पाँच दिनपछि उहाँको उद्धार गरिएको हो । उहाँलाई राष्ट्रपति महिला बालबालिका तथा ज्येष्ठ नागरिक उत्थान इकाईबाट सेनाको हेलिकोप्टरले उद्धार गरेर सुर्खेत पठाइएको हो।



