नीति अनुसन्धान वकालत हबसँग नलगाडको सहकार्य

काडमाडौँ ः जाजरकोटको नलगाड नगरपालिका र नीति अनुसन्धान वकालत हबको बीचमा सम्झौता भएको छ । नगरपालिकाको आर्थिक विकास गर्नका लागि स्वास्थ्य, शिक्षा, कृषि ,पर्यटन र विपद व्यवस्थापनमा लगाएतका विषयमा लगानी गर्ने गरी नीति अनुसन्धान वकालत हबसँग सम्झौता भएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर रावतले बताउनुभयो । आज उक्त सम्झौतामा नगरपालिकाको तर्फबाट नगरप्रमुख रावत र नीति अनुसन्धान वकालत हबको तर्फबाट ग्यारी डे ला पोमेराईले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर गरेसँगै नगलगाड नगरपालिकामा भदौ देखि बिभिन्न कार्यक्रमहरु लागू गरी यहाँका सर्बसाधारणको जीवनस्तर सुधार ल्याउने अपेक्षा लिइएको छ ।










