राष्ट्रपति बाइडेनलाई ज्यान मार्ने धम्की दिने व्यक्ति एफबीआईको कारबाहीमा मारिए

एजेन्सी ः अमेरिकी राष्ट्रपति जो बाइडेनसहित उच्च अधिकारीहरुलाई ज्यान मार्ने धम्की दिने एक व्यक्ति अनुसन्धानका क्रममा मारिएका छन्।
विभिन्न उच्च अधिकारीलाई अनलाइनबाट धम्की दिने व्यक्ति अमेरिकाको संघीय अनुसन्धान व्यूरो एफबीआईले छापा मार्ने क्रममा गोली लागेर मारिएका हुन्। युटा राज्यमा राष्ट्रपति बाइडेनको भ्रमणअघि एफबीआई अनलाइनबाट धम्की दिने क्रेग रोबर्टनलाई गिरफ्तार गर्न उनको घरमा पुगेको थियो। त्यसैक्रममा उनलाई गोली लागेको हो।
अधिकारीहरुका अनुसार रोबर्टनले फेसबुकमा लेखेका थिए, ‘मैले बाइडेन युटा आउने सुनेको छु, मैले पुराना गोलीगठ्ठा निकालेको छु र एम–२४ स्नाइपर राइफलले सफाया गरिदिनेछु।’
यसअघि उनले अमेरिकी मुख्य न्यायाधिवक्ता र न्युयोर्क सहरका न्यायधिवक्तासहित पूर्वराष्ट्रपति ट्रम्पलाई पनि हत्याको धम्की दिएका थिए।








