भीरमा वृद्धाको शव भेटियो

कालीकोट — खाडाचक्र-२ की ८१ वर्षीया शोभा जैसीको शव भीरमा भेटिएको छ । साउन २१ गतेबाट हराएकी वृद्धाको खाडाचक्र-२ नैनेलमाडुस्थित कालामोडको भीरमा सोमबार बेलुकी शव भेटिएको निमित्त जिल्ला प्रहरी प्रमुख सुबराज बमले बताए ।
भीरमा अड्किएको अवस्थामा शव भेटिएको हो । उनले भने घटनाको प्रकृति हेर्दा भीरमा हामफालेजस्तो देखिन्छ । उनको जुत्ता र सल भीरको सिरानमा फेला परेको थियो ।
वृद्धा मुखको क्यान्सरले पीडित थिइन् भने घरमा एक्लै बस्दै आएकी थिइन् । उनको स्थानीय तिला नदीको सेरिघाटमा मंगलबार अन्तिम संस्कार गरिएको माइतीतर्फका भदै डिल्ली चौलागाईंले बताए ।








