जाजरकोटको प्रजिअमा सुनार

मोहन जगं शाही
जाजरकोट ः प्रमुख जिल्ला अधिकारीको जिममेवारी उपसचिव शुरेश सुनारले पायका छन । देशकै कान्छो उपसचिवको परिचय बनाएका सुनारले यसअघि डोल्पा र बझाङ जिल्लाको सीडियोको जिम्मेवारी कुशलतापूर्वक पुरा गरिसकेका छन् ।
यस अघि प्रमुख जिलला अधिकारीको जिम्मेवारी सम्हालेका सहसचिव रामकुमार महतोको गत श्रावन ७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि, केहि हप्ता जाजरकोट सीडियो बिहिन भएको थियो । सहसचिब महतोको सरुवा भएको दुई हप्ता पछि , उपसचिब सुनारलाई गृह जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको हो ।










