छ महिनामा ७४ प्रतिशतले गराए स्तनपान

सुर्खेत ः कर्णाली प्रदेशमा छ महिनासम्मको अवधिमा ७४ प्रतिशतले स्तनपान गराएका छन्। दुधदानीबाट ११ प्रतिशत बालबालिकालाई दुध खुवाउने गरेका छन्।

विश्व स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले उक्त कुराको जानकारी दिँदै शिशुका लागि स्तनपान उपयुक्त रहेको जनाएको छ।

स्वास्थ्य सेवा निर्देशनालयले ‘स्तनपानमन्त्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने नाराका साथ सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम गरेको हो।

निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत करुवा भट्टराईले पहिलो पटक सन् ११९२ देखि बनाउँदै आएको र निर्देशनालयले पनि हरेक वर्ष स्तनपान सप्ताह कार्यक्रम गर्दै आएको बताउनुभयो। उहाँले बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “बच्चा जन्मिएको एक घण्टाभित्र आमाले स्तनपान गराउनु पर्छ। आमाको दुध खुवाएको छ महिनापछि मात्रै अन्य खानेकुरा खुवाउनु पर्छ। यदि मात्रै हैन बच्चा जन्मेदेखि दुई वर्षसम्म निरन्तर आमाको दुध खुवाउनु पर्छ।”

यस्तै निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले आमाको दुध बालबालिकाका लागि अमृत समान भएकाले जीवनको रक्षा गर्नेसमेत बताउनुभयो। उहाँले बट्टाको दुधभन्दा आमाको दुध उपयुक्त रहेको जानकारी दिनुभयो।

स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रूपमा विश्वभर आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिने बताइएको छ। आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीमा अत्यधिक वृद्धि भएको विभिन्न तथ्याङ्कले देखाएको छ।

सो अन्तर्क्रियामा नेपाल पत्रकार महासङ्घ सुर्खेतका सचिव ललितबहादुर बुढाले पत्रकारले बच्चा जन्मिएबित्तिकै आमाले दुध खुवाउँदा हुने फाइदाबारे समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो।

आमाको दुध बच्चाका लागि अमृत सरहको समाचार प्रकाशित गर्दा ग्रामीण तथा सहरी क्षेत्रमा राम्रो सन्देश जाने भनाइ उहाँको थियो।

सहरी क्षेत्रमा बस्ने महिलाले नियमित रूपमा शिशुलाई स्तनपान गराउँदा शरीरको बनावट तथा आकर्षण घट्ने भन्दै बोतलको दुध खुवाउने गरेको जानकारीसमेत सो अवसरमा दिएको थियो।





error: Content is protected !!