बड्डीचौर प्रहरीद्वारा अवैध काठ बरामद

सुर्खेत ः बड्डीचौर प्रहरीले ६० क्यूफिट भन्दा बढीको अवैध काठ बरामद गरेको छ । बराहताल गाउँपालिका वडा नम्बर ५को खारखोला भन्ने ठाउँबाट उक्त काठ बरामद गरिएको हो ।

गएराती विशेष सूचनका आधारमा प्रहरी उक्त ठाउँमा पुगेको थियो । तर, काठका कारोबारीहरु भने फरार भएको बड्डीचौर प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक डिलबहादुर बस्नेतले रातोपाटीलाई जानकारी दिए ।

उक्त क्षेत्रमा काठको चोरी पैठारी बढी हुने गरेको छ ।





error: Content is protected !!