घरभित्रै एक महिलाको शव फेला

रुकुमपश्चिम ः रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा एक महिलाको शव फेला परेको छ । स्थानीय ५२ वर्षीया हस्तकली बुढाथोकीको आफ्नै घरमा शव भेटिएको हो ।

बुढाथोकीको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको आशङ्का रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार बुढोथोकी घरमा एक्लै बस्दै आउनुभएको थियो । शुक्रबार राति नेपालगञ्जबाट आउनुभएकी उहाँकी भदैनीको फोन नउठेपछि स्थानीयलाई सोधपुछ गर्नुभएको र शंकास्पद लागेर उहाँ सुत्ने कोठाको ताला फोड्दा कोठा भित्रै मृत अवस्थामा भेटिएको डिएसपी भट्टराईले जानकारी दिनुभयो ।

घरमा रहेका सबै कोठाहरु ताला लगाइएको अवस्थामा बुढाथोकी मृत अवस्थामा भेटिएकाले हत्या भएको हुनसक्ने भट्टराईले बताउनुभयो । घटना रहस्यमय रहेको र अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार मृतक बुढाथोकीका दुई छोरामध्य जेठो छोरा नेपालगञ्ज र कान्छो छोरा जापान रहेकाले घरमा एक्लै बस्दै आउनुभएको थियो । मृतक बुढाथोकीसँग केही गरगहना र नगद रकम समेत भएकाले लुटपाट गरेर हत्या गरिएको हुनसक्ने स्थानीयले बताएका छन् ।





error: Content is protected !!