सल्यान अस्पतालका डाक्टरलाई हातपात गर्ने एक जना पक्राउ

सल्यान ः सल्यान जिल्ला अस्पतालमा कार्यरत डाक्टर राहुल पाण्डेमाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको छ।

डा. पाण्डेयलाई अपशब्द प्रयोग गरी सार्वजनिक स्थानमा हातपात गरेको भन्दै प्रहरीले दार्मा गाउँपालिका-१ का अन्दाजी २२ वर्षीय दिपेन्द्र चन्दलाई पक्राउ गरेको हो।

बुधबार साँझ शारदा नगरपालिका-१ श्रीनगरमा डा। माथि मादक पदार्थ सेवन गरेका चन्दले अपशब्द प्रयोग गरी सार्वजनिक स्थलमा हातपात गरेको भन्दै डा पाण्डेयले जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

अभद्र व्यवहार गर्ने चन्दलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको उनको भनाई छ।




सम्बन्धित समाचार


error: Content is protected !!