मौसम खराबीले जुफाल विमानस्थल १२ दिनदेखि ठप्प

सुर्खेत — खराब मौसमका कारण डोल्पाको जुफाल विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । दुर्गम जिल्ला डोल्पामा यातायातको एक मात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थलमा लामो समयसम्म उडान नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । विमानस्थल पुग्दै फर्किदै गर्नु सेवाग्राहीको दिनचर्या बनेको छ ।

विमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको छ । उनीहरु गन्तव्यसम्म पुग्न नपाएको गुनासो गरिरहेका छन् ।एरर्पोट जाँदै फर्किंदै गरेको ३ दिन हुन थालेको स्थानीय लंकबहादुर रोकायाले बताए ।

बिहीबार पनि जुफाल विमानस्थलमा जहाज बस्न नसकेर नेपालगञ्ज फिर्ता गएको छ । मौसमको खराबीका कारण १२ दिनबाट जुफाल विमानस्थल सञ्चालनमा आउन नसकेको विमानस्थल प्रमुख अमित चौरासीयाले बताए । बिहीबार नेपालगञ्जबाट आएको जहाज पनि खराब मौसमकै कारण फिर्ता भएको उनले बताए । गोरखापत्र




सम्बन्धित समाचार


error: Content is protected !!