सुरक्षाकर्मीले पुल निर्माण गरेपछि अवरुद्ध सडक सञ्चालनमा

हुम्ला — गत शुक्रबार रातिको भीषण वर्षासँगै आएको पहिरोले सर्केगार्ड गाउँपालिका–२ को रिपगाड खोलाको काठेपुल बगाउँदा अवरुद्ध सदरमुकाम सिमकोट जोड्ने सडक पुन सञ्चालनमा आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बराहदल गुल्म रानीवनको नेपाली सेनाको टोलीले सडकको काठे पुल निर्माण गरेपछि उक्त सडक सञ्चालनमा आएको हो । मंगलबार सेनाको टोलीले पुल निर्माण सम्पन्न गरेपछि सडक खुलेको हो ।

सडक अवरुद्ध भएको चार दिनपछि सेनाको टोलीले रिपगाड खोलामा पुल निर्माण गरेको हो । यससँगै सदरमुकाम सिमकोट जोड्ने सडक नियमित सञ्चालनमा आएको बराहदल गुल्म रानीवन हुम्लाका गुल्मपती सेनानी दिनेश खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार पुल निर्माणमा सेनानी पवन पन्तको नेतृत्वमा २५ जना सेना, ३० जना नेपाल प्रहरी र १५ जना सशस्त्र प्रहरी गरी ७० जना सुरक्षाकर्मी खटिएका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!