माओवादी पदाधिकारी बैठकमा कन्द्रीय कमिटीका एजेन्डाबारे छलफल

काठमाडौं ः नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र तयारीबारे छलफल भएको छ।
पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसको बैठकमा साउन १७ गते सुरु हुने बैठकको एजेन्डा र तयारीबारे छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। बैठक फेरि दिउँसो ४ बजे बस्नेछ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमणमा रहेका छन्। माओवादीले असार २३ गते तय भएको बैठक साउन १७ गते बोलाइएको छ। यस अगाडि प्रदेशको बजेट अधिवेशन, आर्थिक मसान्तलगायतको कारण देखाउँदै माओवादी केन्द्रले बैठक सारेको थियो।



