कालेगाउँमा भेटियो वेवारिसे शव


मोहन जंग शाही
जाजरकोट ःभेरी नगरपालिका वडा नं.–१ कालेगाउँ स्थित रुकुम पश्चिम र जाजरकोट जोड्ने झुलुङ्गे पुल नजिकै भेरी नदीको खाली वीच भागमा वेवारिसे शव फेला परेको छ ।
भेरी नदीको खाली वीच भाग बालुुवामा शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान गर्न सकिएको छैन । वेवारिसे शव फेला परेपछि सुरक्षा अंगको तीनै तहको संयूक्त टोलीले पोष्टमार्टमका लागि शव अस्पताल ल्याईएको प्रहरीको भनाई छ ।
उक्त शबको पहिचान नखुलेको हुदा , सोही शबको पहिचानकोलागि सबैतिर प्रहरीले जानकारी गराएको छ ।








