जुम्ला आगजनी घटनाबारे शाही ः लागुऔषधबारे नयाँ नीति बनाउनुपर्छ

सुर्खेत ः शुक्रबार राति जुम्लाको गुठिचौर गाउँपालिकाका ७ वटा घरमा भएको आगजनीको घटनाको विषयले संसदमा प्रवेश पाएको छ । सोमबार कर्णाली प्रदेश सभाको १२६ औँ बैठकमा जुम्लाका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले संसद्मा उक्त घटनाबारे कुरा उठाएका थिए ।

शुक्रबार गुठिचौरका विभिन्न स्थानका ७ घरमा आगजनी भएको थियो । आगजनीमा संलग्न भएको आशंकामा शनिबार जुम्ला प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

स्वतन्त्र सांसद शाहीले जुम्ला घटना हुनुको कारण लागुऔषध रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘लागु औषध एउटा ठुलो समस्याको रूपमा रहेको छ । दोषीलाई प्रहरीले पक्राउ गरेर मात्र हुँदैन । प्रदेश सरकारले अब नयाँ नीति नै बनाएर अघि बढ्नुपर्छ ।’





error: Content is protected !!