सर्पले टोकेर गम्भीर घाइते सेतुको हेलिकप्टर मार्फत उद्दार

जाजरकोट ः जिल्लाको कुशे गाउँपालिका –८ रिजा काँडेचौरकी अन्दाजी ४५ बर्षिया सेतु खड्काको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । आईतबार विहान ९ बजे खेतमा घाँस काट्न गएकी खड्कालाई सर्पले टोकेको थियो ।

सोमबार गाउँपालिकाको पहलमा खड्काको उद्धार गरिएको हो । खड्कालाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याईएको छ ।

जिल्ला समन्वय समिति सदस्य विनिता नेपाली र वडाध्यक्ष डिल्लीबहादुर सिंहको संयूक्त पहलमा उद्दार गरिएको हो ।  प्रदेश अस्पतालमा उपचार भईरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!