ढुंगा खस्दा राप्ती राजमार्ग अवरुद्ध

सल्यान — अविरल वर्षातपछि पहराको ढुंगा खस्दा राप्ती राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध भएको छ । वर्षातका कारण जिल्लाको त्रिबेणी गाउँपालिका–५ टुनीबोटस्थित ठूलो ढुंगा खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्रिवेणी गाउँपालिका–५ टुनिबोट नजिकै ढुंगा खस्दा अवरुद्ध भएको राप्ती राजमार्ग ।
सडक अवरुद्ध हुँदा बिहानैदेखि यात्रुहरु सडकमै अलपत्र परेका छन् भने नजिकका स्थानीय हिँडेर आउजाउ गर्न बाध्य भएका छन् । जसका कारण दर्जनौं गाडी सडकमा थुप्रिएका छन् ।
सम्बन्धित निकायको सहयोगमा सडकमा खसेको ढुंगा डोजरले हटाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । उनले आधा घन्टाभित्रै अवरुद्ध भएको सडक खुल्ने जानकारी दिए ।



