जुम्ला आगजनी घटना ः १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु

सुर्खेत। गत राति जुम्लामा ७ वटा घरमा आगजनी गरेको आशङ्कामा जुम्ला प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार राति गुठीचौर गाउँपालिकाको विभिन्न ठाउँका ७ वटा घरमा आगो लगाइएको थियो ।
प्रहरीले शङ्कास्पद दश जना नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । गएराती धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक,माथिल्लो देहारजिबुरमा एक, खल्ला वडामा दुई गरी सात घरमा आगो लगाइएको प्रहरीले बताएको छ।



