वीरेन्द्रनगरमा केटीलाई प्रहार गरेको एसिड लागेर केटा घाइते

सुर्खेत ः वीरेन्द्रनगर–१ बाङ्गेसिमल सुर्खेतमा एसिड प्रहार हुँदा एक जना घाइते भएका छन् । आज अपरान्ह ५ बजेको समयमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१४ मैकलबजारबाट बराहताल गाउँपालिका वडा नम्बर–१० भेरीखर्क हुँदै वीरेन्द्रनगर तर्फ आउदै गर्दा बराहताल गाउँपालिका–१० बस्ने अन्दाजी बर्ष १७ कि सोबिता बुढालाई एसिड प्रहारको प्रयास भएको हो ।

एसिड प्रहार गर्ने सुर्खेत वीरेन्द्रनगर –१४ बस्ने अन्दाजी बर्ष १६ का आशिष सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक परशुरा चौधरीले जानकारी दिए । यस्तै सोही ठाउँ बस्ने वर्ष ३० का सन्तोष सुनार र वर्ष २२ का कबिराम बिष्ट फरार रहेको निरीक्षक चौधरीले बताए ।

एसिड केटीलाई नलागी संगै आईरहेका बराहताल गाउँपालिका–१० बस्ने वर्ष २२ का नेत्रवहादुर शाहीको बायाँ हातको नाडीमा लागि उनी घाईते भएको हुन् । घाइते भएको भनी घाइते शाहीका दाई जनक शाहीले प्रहरीलाई खवर गरेका थिए ।

जानकारी पश्चात उक्त स्थानमा प्रहरी चौकी बाङगेसिमलबाट प्रहरी सहायक निरीक्षक हरिभक्त रोकायको कमाण्डमा गएको ५ जनाको प्रहरी टोलीले एसिड हाल्ने व्यक्तिहरुमध्ये १ जनालाई नियन्त्रणमा लिएको हो । घाईतेलाई उपचारको लागि अस्पताल पठाईएको र अन्य एसिड हाल्ने फरार व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!