जुम्लामा किशोरी गर्भवतीको संख्या घट्दै

जुम्ला — जुम्लामा २० वर्ष उमेर नपुग्दै सुत्केरी हुनेको संख्या अघिल्ला वर्षहरूको तुलनामा घट्दो क्रममा छ । गत आर्थिक वर्ष ८ सय ४० जना किशोरी स्वास्थ्य संस्थामा सुत्केरी भएकामा यस आर्थिक वर्षमा ३ सय १० जना सुत्केरी भए ।

यद्यपि यो क्रम रोकिएको भने छैन । सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय २७ जना किशोरी सुत्केरी भएको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कम सिन्जा गाउँपालिकामा ५ जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

गुठीचौरमा भने ७५ जना विवाहित किशोरीमध्ये ४३ जनाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन् । पातारासीमा १ सय ४२ मध्ये ४१, हिमामा १ सय १४ मध्ये २७ जना, तिलामा १ सय ३६ मध्ये २२ जनाले उमेर नपुग्दै बच्चा जन्माएका हुन् । सिंजामा १ सय ४९ विवाहित किशोरीमध्ये ५ जना, तातोपानीमा ९३ मध्ये २१ जना र कनकासुन्दरीमा १ सय ६० मध्ये २४ जना सुत्केरी भएका हुन् ।

यो तथ्यांकले पहिलेभन्दा बालबिवाह कम हुने गरेको अवस्था बुझाएको पनि तातोपानी स्वास्थ्य शाखा प्रमुख गुरूप्रसाद चौलागाईँले जानकारी दिए । स्वास्थ कार्यालयका निमित्त प्रमुख प्रेम सुमाइले बालविवाहको तथ्यांक वर्षेनि घट्दै गइरहेको बताए ।





error: Content is protected !!