अख्तियारद्वारा चंखेलीका निमित्त प्रमुख प्रशासकीयसहित आठ जनाविरुद्ध मुद्दा दर्ता

हुम्ला ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

खानेपानी ट्या‌ंकी निर्माणका लागि प्राप्त भएको मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको रकममा भ्रष्टाचार गरेको अभियोगमा आयोगले प्रमुख प्रशासकीय अधिकृत शाही, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षलगायतविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगले प्रशाकीय अधिकृत शाही, इञ्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभर्धन बोहोरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका–२ का वडाध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैशी र कोषाध्यक्ष नन्दादेवी देवकोटाविरुद्ध छ लाख ४८ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।





error: Content is protected !!