चलिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

सुर्खेत ः सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । विहिबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाईनको बिद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तार मा छोईदा करेन्ट लागेर २ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
मृतक २ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी सुचना तथा प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १८, २० जना सवार रहेकोमा २ जनाको मृत्यु र एक जना घाईते भएका छन भने अन्य यात्रु सकुशल रहेको छन ।
घाईतेलाई उपचारको लागि कपुरकोट पठाईएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।



