भरूवा बन्दुकसहित एक जना पक्राउ

 

सल्यान  : कपुरकोट गाउँपालिका-३ दमारखोला बस्ने ३७ वर्षीय कमल बिकलाई भरूवा बन्दुक १ थानसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी चौकी कपुरकोट र ईलाका प्रहरी कार्यालय लुहाम सल्यानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





error: Content is protected !!