संसद्‌को मत विभाजनबाट पारित भयो बजेट

पक्षमा पर्‍यो १४७ मत, विपक्षमा १०८
काठमाडौं ः प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०र८१ को बजेट बहुमतले पारित भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयक पारित गरियोस् भन्ने पक्षमा १४७ मत परेको, विपक्षमा १०८ मत परेको त्यस्तै, मत दिन्नँ वा तटस्थमा शून्‍य मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे। मतदानमा २५५ जना सांसद सहभागी भए।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, रास्वपा, राप्रपा जनमत पार्टीहरूले बजेटको विपक्षमा मत हालेका थिए।

जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफल सकिएसँगै बजेट पारित भएको हो। यसअघि विशेष गरी सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नदिने अडान राख्दै आएका थिए। तर अहिले नै बजेट संशोधन सम्भव नदेखिएको तथा प्रधानमन्त्री र अर्थमन्त्रीले आश्वासन दिएपछि त्यसलाई पारित गरेर जाने विषयमा सहमति जुटेको थियो। बजेट पारित गर्न सत्तारूढ दलहरूले ह्विप जारी गरेका थिए।





error: Content is protected !!