रुकुमको स्यार्पू तालमा डुबेर बालिका बेपत्ता

रूकुम पश्चिम — बाँफिकोट गाउँपालिका ३ मा रहेको स्यार्पू तालमा डुबेर मंगलबार दिउँसो एक बालिका बेपत्ता भएकी छन् । दिउँसो १ बजेदेखि स्थानीय बालिका टीका विक बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार नजिकैको स्यार्पूताल माविमा कक्षा ४ मा अध्ययनरत विक साथीहरूसँगै विद्यालयको हाफ टाइममा पौडी खेल्न गएकी थिइन् ।
उनीसँगै गएका अरू पाँच जना साथीहरू भने सकुशल घर फर्किएको खड्काले बताए । बेपत्ता विकको अहिले खोजी कार्य जारी रहेको छ ।



