मन्त्री बस्नेतको चुनावी नारा ः जाजरकोट अस्पताल हस्तान्तरण

जाजरकोट /  ५० शश्याको जाजरकोट जिल्ला अस्पताल निर्माण कार्य पुरा भएपछि आज हस्तान्तरण गरिएको छ । संघीय आयोजना कार्यान्वन इकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई आज हस्तान्तरण गरेको हो ।

२०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण कार्य पुरा गर्ने सहमती रहेको थियो । अत्यधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डम्वरबहादुर सिंहका अनुसार अब नयाँ भवनबाट सेवा सूचारु गराउनका लागि भोली बाटै काम सुरु हुने छ । भवनको अभावमा बिभिन्न उपकरणहरु प्रयोगमा आउन नसकेकोमा अब जिल्ला अस्पतालमा पाइने सबै खालका सेवाहरु पाइने सिंहले बताउनुभयो ।

रु ३१ करोड ५६ लाख ७७ हजार ४६२ मा भवन निर्माण भएको हो । तोकिएको समय भित्र निर्माण कार्य पुरा भएपछि आफूहरु खुसी भएको अध्यक्ष सिंहले बताउनुभयो । जिल्ला अस्पताल निर्माणसँगै यहाँबाट प्रवाह हुने सेवा सुविधा समेत सुधार हुनुपर्ने आम नागरिकको माग रहेको छ । सामान्य समस्य आउदा पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नु पर्ने बारेकोट ५ का मोहन जंग शाहीले बताउनुभयो । भवन निर्माण कार्य समयमै पुरा गरेकामा निर्माण व्यवसायीलाइ अस्पताल विकास समितिका अध्यक्ष सिंहले धन्यवाद दिनुभएको छ ।

संघीय सरकारका उर्जामन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको स्वास्थ्य सेवा सुधार गर्न भारी मात्रामा काम हुने बताउनुभयो । भवन निर्माणको काम पुरा भएको छ , अब अन्य कामहरु सुरु हुने छन् उहाँले भन्नुभयो । भेरी करिडोरका साथै पुष्पलाल मध्यपहाडी लोकमार्ग र लुम्बिनी– रारा सडक खण्डको बीचमा रहेको यो अस्पताले यस क्षेत्रका सर्वसाधारणलाई भारी मात्रामा सेवा गर्ने उहाँले बताउनुभयो ।

अस्पतलका अध्यक्ष सिंहले मन्त्री बस्नेतकै कारण जिल्लामा अत्यधुनिक भवन निर्माण सम्भव भएको बताउनुभयो । अस्पतालको एक औपचारिक कार्यक्रमका साथ उद्घाटन हुने अध्यक्ष सिंहले बताउनुभयो । अस्पतालले जाजरकोट , रुकुम पश्चिम , डोल्पाका सर्वसाधारणलाई सेवा पुग्ने छ ।





error: Content is protected !!