जुम्लाका आठै स्थानीय तहले ल्याए ३ अर्ब ४७ करोडको बजेट

जुम्ला — जुम्लाका आठै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याएका छन् । एक नगरपालिका र ७ गाउँपालिका रहेको जुम्लाका सबै पालिकाले आइतबार बजेट ल्याएका छन् । जसमा सबैभन्दा बढी बजेट चन्दननाथ नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट गुठीचौर गाउँपालिकाले ल्याएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाले ५५ करोड, १० लाख, ८० हजारको बजेट ल्याएको छ ।

यस्तै तातोपानीले ४९ करोड, २७ लाख ३१ हजार २ सय, कनकासुन्दरीले ४८ करोड २९ लाख, ४३ हजार ८ सय ८१, तिलाले ४४ करोड, ९२ लाख, ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड, ४५ लाख, ३७ हजार, हिमाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन् ।

आठै पालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषय समेटेर बजेट ल्याएका छन् ।

अधिकांश स्थानीय तहले कृषि उत्पादनलाई प्राथमिकता राखेर बजेट ल्याएका छन् ।





error: Content is protected !!