वीरेन्द्रनगर ः ४० करोड राजश्व उठाउन एक करोड विनियोजन

सुर्खेत ः वीरेन्द्रनगरले आर्थिक वर्ष २०८०र८१ मा ४० करोड ४३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७९र८० मा २७ करोड पाँच लाख मात्रै अनुमान गरिएको थियो । कर प्रणालीलाई सुधार गरी यसपटक राजश्व अनुमान बढाइएको उपप्रमुख निलकण्ठ खनालले बताए ।
लक्ष्य अनुसार राजश्व संकलन गर्नका लागि टोल विकास संस्था र नीजि क्षेत्र परिचालन गर्न एक करोड १० लाख बजेट विनियोजन गरिएको छ ।
सम्पत्ति कर, भूमीकर, घरजग्गा बहालकर, व्यापार व्यावसाय कर, जडिबुटी, कवाडी तथा जीवजस्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पाकिङ्ग शुल्क, विभिन्न सेवा शुल्क लगायतमा कर संकलन गर्न पाउने स्थानीय तहको अधिकार सूचीभित्र पर्दछन् ।



