संघीयता समस्य होइन ,समाधान हो ः मन्त्री बस्नेत

जाजरकोट ः संघीयता समस्य नभइ समाधान भएको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । नलगाड नगरपालिकाको १२ औँ नगरसभामा बोल्दै मन्त्री बस्नेतले यो कुरा बताउनुभएको हो ।
सिंहदरबारमा सबै भन्दा बढी समस्य रहेको भन्दै मन्त्री बस्नेतले वडा स्तरमा राम्रो भएको बताउनुभयो । संघीयताले गाउँको मुहार फेरेको भन्दै उहाँले आयोजनाको स्तर हेरेर कुन सरकारले निर्माण गर्ने भन्ने स्पष्ट भएको बताउनुभयो । न्याय माग्न टाढा जानु नपरको भन्दै अहिले वडामै सबै कुरा समाधान हुने समेत उहाँको दावी गर्दै यो नै संघीयताको सुन्दर पक्ष भएको बताउनुभयो । स्थानीय सरकारका सबै अंगहरु सक्रिया बनाउनुपर्नेमा जोड दिनुभयो । संघीय प्रर्णालीको रक्षा र दायित्व स्थानीय तहमा भारी मात्रामा रहेको उहाँको भनाई छ ।
संघीयतालाई व्यवहारिक रुपमा अनुभूति गर्ने गरि कार्यान्वन गरेमा मात्र जनताले भरोसा मान्ने उहाँको भनाई छ । अवसरबाट बन्चित भएका ,पछाडी परेकालाई लयामा ल्याउनु नै सामाजिक न्याय भएको उहाँले बताउदै यो काम स्थानीय सरकरको भएको मन्त्री बस्नेतले बताउनुभयो । यो नै सुशासनको लागि आधार भएको उहाँको भनाइ छ ।
समय अनुसार मानिसका आवश्यकता फेरिएकाले समय अनुसार सबै हल हुने बताउनुभयो । विकास सबैलाई पुग्यो भन्ने ठाउँ नभएकाले सधैँ अप्रयाप्त नै हुने गरेको बताउनुभयो । जनताका सपना नै हाम्रो सपना भएको उहाँले बताउनुभयो ।

मोहन जङ्ग शाही





error: Content is protected !!