देशका धेरै ठाउँमा वर्षाको सम्भावना, बाढीपहिरोबाट जोगिन मौसमविद्को सुझाव

देशका धेरै ठाउँमा आज चट्याङसहित पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मुसलधारे पानी पर्न सक्छ । अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।
‘देशभर आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघ(गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ’, महाशाखाको सूचनामा भनिएको छ ।
आज राति पनि धेरै ठाउँमा पाी पर्न सक्छ । कोसी, मधेस, बागमती, सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ ।
वर्षासँगै खोलाबाढी र पहिरोको जोखिम बढ्ने भएकाले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । बर्खा लागेसँगै नेपालमा हरेक वर्ष पहाडमा बाढी, पहिरो र तराईमा डुबानले जनधनको क्षति गर्दै आएको छ ।



