संखुवासभा अपडेट ः बेपत्ताको संख्या २१ पुग्यो, एकको मृत्यु

संखुवासभा ः जिल्लाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ। गतराति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ।
शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।
डिएसपी गोदारका अनुसार सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल ९इटहरी०, सुपरभाइजर फैजबहादुर कार्की ९गौरादह‚ झापा०, भुवनसिंह तामाङ -चैनपुर‚ संखुवासभा, सुवास राई ९चैनपुर‚ संखुवासभा०, गणेश गिरी ९पाख्रीवास‚ धनकुटा०, राजकुमार मगर ९इलाम०, मीना श्रेष्ठ ९झापा० र दीपक मगर ९संखुवासभा० रहेका छन्।
यसैगरी बर्दियाका राहुल थारू, रोहित थारू, पुलसन थारू, कालीराम थारू, राजराम थारू बर्दिया, रामजतन थारू‚ सुगत थारू र कैलालीका अमर थारू र सीता थारू रहेका छन्।
त्यसैगरी सभापोखरी गाउँपालिका(३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सन्चमाया राई बेपत्ता भएका छन्। चैनपुर नगरपालिका(१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अपप्र हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन्। घाइते हुनेमा बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारू रहेका छन्।
गम्भीर घाइते दुबैजनाको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ। चैनपुर नगरपालिका(४ र पाँचखपन नगरपालिका(९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो।
बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर भत्काएको छ भने थप चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।








