उचित मूल्य नपाएको भन्दै सडकमा फ्याँकियो गोलभेँडा

उचित मूल्य नपाएको भन्दैव्यापारीहरूले आज कालीमाटी तरकारी तथा फलफूल बजारअगाडि गोलभेँडा सडकमा फालेका छन् ।

मूल्य नपाइँदा लागत पनि नउठेको भन्दै किसान र व्यापारीहरूले गोलभेँडा फ्याँकेको बताइएको छ । तर, यसमा किसानहरूको संलग्नता रहे नरहेको स्पष्ट भएको छैन ।

करिब ३० हजार किलो गोलभेँडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको बताइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!