विश्वकप छनोटको पहिलो खेलमा आज जिम्बाब्वेसँग भिड्दै नेपाल, सुध्रिएला ब्याटिङ ?ं

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता आजदेखि जिम्बाब्वेमा सुरु हुँदैछ । आफ्नो पहिलो खेलमा नै टेस्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्न लागेको नेपालको रणनीति कस्तो हुन्छ चासोको विषय बनेको छ ।
सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झाको बलिङमा क्रेग एर्विन, रियान बुर्ल, जोयलोर्ड गुम्बाई, सिकन्दर राजा, सेन विलियम्स, वेस्ली मेडहेभरको ब्याटिङ कस्तो होला रु लामो समयदेखिको प्रतिक्षा आज पूरा हुँदैछ । अनि रिचार्ड गराभा, ब्लेसिङ मुजराबानी, विलिङटन मासकाड्जा, तेन्डाई चतरा, लुक जोङवेको बलिङमा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेखको ब्याटिङ कत्तिको जम्ला रु यी कुराले सबै क्रिकेट प्रेमी र समर्थकको ध्यान तानेको छ ।
आज दिउँसो नेपाली समयअनुसार १२ः४५ बजे नेपालले आयोजक जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टिम जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्न नेपाललाई निकै गाह्रो हुनेछ । किनभने नेपालभन्दा जिम्बाब्वे निकै बलियो टिम हो ।
विश्वकप छनोटअघि नेपालका कप्तान रोहितकुमार पौडेलले टेस्ट राष्ट्रसँग खेल्न पाउँदा निकै उत्साहित भएको बताएका छन् । कप्तान रोहितले भनेका छन्, ‘विगत दुई वर्षदेखि हामीले विश्वकप छनोटको निकै मेहनत गरिरहेका थियौँ । टेस्ट राष्ट्रहरूसँग खेल्न पाउँदा हामी उत्साहित छौँ ।’
यता, जिम्बाब्वेका कप्तान क्रेग एर्विनले तयारी राम्रो रहेकाले प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिएका छन् ।
असार ३ देखि २४ गतेसम्म हुने विश्वकप छनोटमा आयोजक जिम्बाब्वेसहित १० टिमको सहभागिता रहेको छ । जसमा समूह ‘ए’ मा आयोजक राष्ट्र जिम्बाब्वेसँगै नेपाल, विश्वकप विजेता वेष्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् ।
समूह ‘बी’ मा विश्वकप विजेता श्रीलंका, आयरल्यान्ड, यूएई, स्कटल्यान्ड र ओमान छन् ।
नेपालले दोस्रो खेल असार ५ गते अमेरिकासँग खेल्नेछ । असार ७ गते विश्वविजेता वेष्ट इन्डिजसँग खेल्ने नेपालले समूह चरणतर्फ आफ्नो अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते खेल्नेछ ।
त्यो हार भूलाउने लक्ष्य
जिम्बाब्वेविरुद्ध पछिल्लोपटक नेपालले सन् २०१८ को विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको थियो । त्यो खेलमा नेपाल जिम्बाब्वेविरुद्ध ११६ रनले पराजित भएको थियो ।
नेपालविरुद्ध घरेलु टिम जिम्बाब्वेले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३८० रन बनायो । जहाँ सिकन्दर राजाले १२३ र ब्रेन्डन टेलरले सय रन बनाउँदा नेपालले विशाल चुनौती पायो । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले समान २–२ विकेट लिँदा ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले ५२, आरिफ शेखले ५०, कप्तान पारस खड्काले ४०, ज्ञानेन्द्र मल्लले ३२, रोहितकुमार पौडेलले ३० रन बनाएका थिए । बलिङतर्फ सिकन्दर राजाले तीन विकेट लिएका थिए ।
त्यसबेलाका कप्तान पारस खड्का, शरद भेषवाकर, दीलिप नाथ र बसन्त रेग्मीबाहेक सबै अहिले पनि टिममै छन् । करिब पाँच वर्षपछि नेपाल र जिम्बाब्वेबीच फेरि भेट हुँदैछ । उत्कृष्ट लयमा रहेको नेपाली टिम योपटक भने जिम्बाब्वेलाई पराजित गर्दै ऐतिहासिक जित निकाल्ने लक्ष्यमा छ ।
ब्याटिङमा सुधार
नेपालको मुख्य कमजोरी नै ब्याटिङ हो । त्यसमाथि बलियो टिमसँग खेल्दा सधैँ नेपालको ब्याटिङ नै खराब हुने गरेको छ ।
जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ थाल्नेछन् । यी दुवै ब्याटरले ओपनिङमा राम्रो गरे नेपालको ब्याटिङ उत्कृष्ट हुन सक्छ । सुरुवाती १० ओभरसम्म विकेट नगुमाउने नेपालको रणनीति हुनेछ । ओपनिङ ब्याटर क्रिजमा भएर सेट भएर विस्तारै रनको गति बढाउने नै नेपालको योजना हो ।
यसपछि तेस्रो नम्बरमा भीम सार्की ब्याटिङ गर्न आउने छन् । यसपछि कप्तान रोहित पौडेल आउँदा मध्यक्रममा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसीरगुल्सन झा र सन्दीप लामिछानेले नेपालको पारी धान्ने छन् ।
बलिङमा उत्कृष्ट सुरुवात
जिम्बाब्वेविरुद्ध नेपालले टस जितेमा बलिङ गर्नेछ । नेपालको जितको मुख्य आधार नै पहिला बलिङ गर्नु हो । जिम्बाब्वेविरुद्ध नेपालले उत्कृष्ट बलिङ गर्न सके सस्तैमा समेट्न पनि सक्छ ।
सुरुमै सोमपाल र करणले जिम्बाब्वेका खेलाडीलाई आउट गराउन सके खेलमा नेपाल हाबी हुन सक्छ । तर बलियो टिम जिम्बाब्वेविरुद्ध नेपालको बलिङ सुधार हुन आवश्यक छ ।
नेपालले तीन फास्ट बलर खेलाउँदा एक मात्रै स्पिनर खेलाउने सम्भावना छ । यस्तो भएमा सोमपाल, करण, गुल्सन, सन्दीप लामिछाने नेपालका मुख्य हातिहार हुन् । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र आरिफ शेखले पार्ट टाइम बलरको भूमिका निभाउने छन् ।
जिम्बाब्वेविरुद्ध नेपालको सम्भावित प्लेइङ इलाभेन
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल ९कप्तान०, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने ।








