पूर्ण अशक्त किशोरीलाई घरमै नागरिकता

सुर्खेत ः शारीरिक अशक्त एक किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
पूर्णरूपमा वीरेन्द्रनगर नगरपालिका—११ का पिपीराका १७ वर्षीया किशोरी शितला बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्य थापाले शितला कार्यालयमा आउन नसक्ने हुँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको निर्देशनअनुसार घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए ।
प्रशासनले शारीरिक पूर्ण अशक्त अपांगता भएकाहरुलाई उमेर पुगेपछि खोजी खोजी घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको उनले बताए ।
एक वर्षको अवधिमा तीन जना अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत थापाले बताए ।
शितला मस्तिष्क पक्षघातबाट अशक्त छिन् । दुई वर्ष अघिसम्म घरमै उभिन सक्ने शितला हाल उभिन नसकी बसिरहने गरेको उनकी आमा भगवती बोहराले बताइन् ।
राष्ट्रिय अपाङ्ग महासंघको सहजीकरणमा शितलालाई नागरिकता प्रदान गरिएको हो । शितलालाई क श्रेणीको रातो अपाङ्गता परिचयपत्र प्राप्त दिइएको छ ।



