पाटनमा यार्सागुम्बा संकलनको भिड ( फोटो फिचर)

हेमन्त केसी
डोल्पा ः डोल्पाको बिभिन्न यार्सागुम्वा पाटनमा सर्वसाधारणहरुले भरिभराउ छ । यार्सागुम्वा संकलन गरि आम्दानी गर्ने उदेश्यले सर्वसाधारणहरु पाटनमै बास बसेर यार्सागुम्वा संकलन गरिरहेका छन् । ठुलिभेरी नगरपालिका ६ रुपपाटन लगाएतका अन्य पाटनहरुमा सर्बसाधारणहरु ज्यान जोखिममा राखेर यार्साको खोजीमा रहेका छन् । पोखेपानी , साइक्वारी ,लगाएतका ठुला साना दर्जनौ पाटनमा मानिसहरुको कब्जामा रहेको छ । जेठ १ देखि असार १ सम्म यार्सागुम्वा संकलनको काम हुने डिभिजन वन कार्यालय डोल्पाका प्रमुख महेश कुमाइले बताए ।











