तीनतारे होटेल निर्माण गरे पूर्वाधारको विकास गरिदिने कर्णाली सरकारको घोषणा

सुर्खेत ः कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा तीन तारे होटेल निर्माण गरेका त्यहाँसम्म पुर्याउने पूर्वाधारको विकास गरिदिने भएको छ । प्रदेश प्रमुख तिलक परियारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले एक जिल्ला एक उद्योग ग्राम स्थापना गरिने प्रावधान लागू गरिने समेत बताए । त्यस्तै वन पैदावारमा आधारित उद्योगलाई मेसिनरी वस्तुमा सहयोग गरिने समेत प्रदेश प्रमुख परियारले बताए ।

उनले प्रदेशभित्र उत्पादनमुलक उद्योग स्थापना गरेमा त्यहाँसम्म पुग्ने, बाटो लगायतका पूर्वाधारको विकास प्रदेश सरकारले गरिदिने समेत बताए । रारा, से फोक्सुण्डो, पञ्चकोशी, पचालझरना लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा होमेस्टेको योजना लागू गरिने परियारले बताए । प्रदेशमा भएका औषधि जन्य बस्तुहरुको अनुसन्धान गरिने भएको छ । स्थानीय तहमा सहकार्यमा जिल्लाको एक विद्यालयमा आयूबेद शिक्षा पढाउने व्यवस्था मिलाउने बताएको छ । गरिवलाई निशुल्क विमा गरेर स्वास्थ्य सेवाको पहुँचमा ल्याउने बताएको छ । जटिल खालका रोगमा सहुलियता दिने बताएको छ । एक जिल्ला एक नमुना विद्यालय बनाइने कार्यक्रममा समेटिएको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा जोड दिने भनिएको छ ।
कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुनः ल्याएको छ । यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको च्याप्टर क्लोज गरेका थिए । त्यसको सट्टा भेरीगंगामा नयाँ विमानस्थल निर्माण गर्ने भनिएको छ । तर, निजी क्षेत्रले नयाँ विमानस्थल निर्माण गर्न समय लाग्ने भएको भन्दै वर्तमान विमानस्थललाई नै विस्तार गरिनुपर्ने बताउँदै आएका थिए । आइतबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गरिने बताए । बाल सुधार गृह स्थापना गर्ने समेत घोषणा गरिएको छ ।





error: Content is protected !!