बारेकोट गाउँपालिकाद्घारा गर्भवतीलाई निशुल्क अल्टा«साउण्ड सेवा

जाजरकोट ,२१ जेठ ः बारेकोट गाउँपालिकाले पालिका भित्र रहेका गर्भवती महिलाहरुलाई निशुल्क अल्टा«साउण्ड सेवा सुरु गरेको छ । आर्थिक अभावका कारण अल्टा«साउण्ड सेना नपाएका उहाँका महिलाहरु गाउँपालिकाले निशुल्क सेवा प्रदान गरेपछि दैनिक सेवा लिने गरेको स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख रामबहादुर रोकायले बताउनुभयो ।

गाउँ,गाउँमा स्वास्थ्य संस्था भएपनि लिम्सा स्थित १० शश्याको स्वास्थ्य संस्थामा मात्र अल्टा«साउण्ड सेवा रहेको छ । लिम्सा बाहेक सदरमुकाम स्थित जिल्ला अस्पतालमा मात्र उक्त सेवा रहेको छ । यस अघि यहाँका गर्भवतीहरु अल्टा«साउण्ड सेवा लिन सदरमुकाम जाने गरेका थिए । बारेकोट गाउँपालिका भित्र नै अल्टा«साउण्ड सेवा सुरु भएसँगै यहाँका महिलाले निशुल्क सेवा लिन थालेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताउनुभयो ।

बारेकोट गाउँपालिका भित्रको आर्थिक अवस्था हेरेर सबै गर्भवतीलाई यो सेवा सुरु गरिएको उहाँले बताउनुभयो । यो भन्दा अगाडी यहाँका ९० प्रतिशत महिलाहरु गर्भवती हुँदा अल्टा«साउण्ड सेवा लिन पाएका थिएनन् । पहुँच तथा हुनेखाने परिवारका गर्भवती महिलाले मात्र प्रभावकारी स्वास्थ्य सेवा लिएपनि स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्नेको संख्य भने कम्जोर रहेको छ ।
अधिकांश ठाउँमामा घण्टौ हिडेर स्वास्थ्य सेवा पुग्नुपर्ने ,त्यसमा पनि प्रभावकारी सेवा नपाउने भएपछि यहाँका महिलाहरु असुरक्षित रुपमा गर्भवती सुत्केरी हुँदै आएका थिए । भगवानको भरोसामा सुत्केरी हुने यहाँका गर्भवती महिलाहरु अब गाउँमै स्वास्थ्य परीक्षण हुने भएपछि खुसी भएको बारेकोट–५ का आशा शाहीले बताउनुभयो ।

मानव घर र पशुचौपाय राख्ने घर अलग बनाएर मानव स्वास्थ्यमा प्रभावकारी काम गरेको बारेकोट गाउँपालिकाले गरिबीका रेखामुनी रहेका सर्वसाधारणलाई उपयूक्त निर्णय लिएर काम गर्दै आएको छ ।





error: Content is protected !!